कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न स्पष्ट मार्ग चित्रका साथ कृषि उपजको उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, वाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको ब्यवस्था जस्ता कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशीसोच, स्वेदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति (ADS) कार्यान्वयनको सहयोगी परियोजना हो । यो परियोजना नेपाल सरकारले आ.व. २०७३/०७४ देखि सुरुवात गरी १० बर्षको लागि विशेष विशेष वालीहरुमा सुपरजोन, जोन, ब्लक र पकेट संभागहरु मार्फत देशैभरी संचालनमा रहेको छ ।
1. धान,माछा र केरा वालीको विशिष्टकृत क्षेत्रहरु निर्माण गरी अन्य जिल्लालार्इ आवश्यक पर्ने खाधान्न पूर्ति गर्ने । 2. धान,माछा र केराको मूल्य श्रृखलाहरुमा गुणात्मक सुधार गरी प्रतिस्प्रर्धात्मक क्षमता अभिवृद्धि गर्ने । 3. धान खेती र यस संवन्धी उद्धोगधन्दाहरुलार्इ सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने । 4. बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।
धान, माछा र केरा वालीमा आधारित मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दीगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने ।