
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय
बर्दिया
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | परिचयकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न स्पष्ट मार्ग चित्रका साथ कृषि उपजको उत्पादनको लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, वाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको ब्यवस्था जस्ता कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशीसोच, स्वेदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति (ADS) कार्यान्वयनको सहयोगी परियोजना हो । यो परियोजना नेपाल सरकारले आ.व. २०७३/०७४ देखि सुरुवात गरी १० बर्षको लागि विशेष विशेष वालीहरुमा सुपरजोन, जोन, ब्लक र पकेट संभागहरु मार्फत देशैभरी संचालनमा रहेको छ । उद्देश्य
लक्ष्यधान, माछा र केरा वालीमा आधारित मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दीगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने । | २०८२-११-३० | — |